१२ श्रावण २०८१, शनिबार
Follow Us

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१ पुष २०८०, आईतवार १३:३२

बाजुरा । बाजुरामा आइतबार साँझ भएको ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बढीमालिका नगरपालिका–२ खडीगाडमा ट्याक्टर खोलामा खसेर दुर्घटना भएको हो । दुई ट्याक्टरबीच ओभरटेक गर्न प्रतिस्पर्धा हुँदा एउटा सडकबाट खसेको प्रहरीले जनाएको छ ।

बाजुरा प्रहरी प्रमुख डिएसपी कबीन्द्र बोहराले एकले अर्कालाई ओभरटेक गर्दा एउटा सु. प्र. प. ०१००२त ४१०५ नम्बरको ट्याक्टर खोलामा खसेको जानकारी दिए ।

मृतक सबै सोही ट्याक्टरमा सवार थिए । मृतक तीन पुरुष र एक महिला छन् । मृतकको सनाखत हुन बाँकी छ । लु३त ७३०५ नम्बरको अर्को ट्याक्टर पनि भित्तामा ठोक्किएर दुर्घटाग्रस्त भएको उनले बताए ।