२२ बैशाख २०८१, शनिबार
Follow Us

बर्न्टओक नेपाली समाजको नयाँ कार्य समिति गठन, अध्यक्षमा खमीर जंग गुरुङ

नेपालब्रिटेन डट कम्
१ पुष २०८०, आईतवार १७:१४

लन्डन । बेलायतको एक पुरानो सामाजिक संस्था, बर्न्टओक नेपाली समाज यूके, को साधारण सभाले खमीर जंग गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ।

स्थानीय टेरिटरियल आर्मीको सभाकक्षमा शनिबार बसेको साधारण सभाले आगामी तीन वर्षको लागि कार्य समिति निर्विरोध निर्वाचित गरेको हो। नयाँ कार्य समितिमा मुरारी थापा तथा श्रीमती मंजु गुरुंग उपाध्यक्ष, महासचिव श्रीमती हेलिशा गुरुंग, सचिव प्रेम कॅडेल, कोषाध्यक्ष महेन्द्र गुरूंग, सह-कोषाध्यक्ष थोकराज गुरूंग, सांस्कृतिक सचिव उमेश खड़का, खेलकुद् सचिव दल बहादुर गुरूंग, मिडिया संयोजक भगीरथ योगी तथा ज्येस्ठ नागरिक संयोजकमा शेर बहादुर आले चयन भएका छन्। त्यस्तै आमा समूहको कार्यसमितिमा अध्यक्ष श्रीमती मंजु गुरुंग, उपाध्यक्ष: श्रीमती कमला गुरुंग, सचिव श्रीमती सपना खनिया, कोषाध्यक्ष: श्रीमती पार्वती गुरुंग र सह-कोषाध्यक्ष श्रीमती दुर्गा गुरुंग रहेका छन् ।

निर्वाचन समितिका अध्यक्ष (प्रमुख आयुक्त) रमेश गुरुंगले नव निर्वाचित कार्य समितिको नाम घोषणा गरेका थिए । निर्वाचन समितिका सदस्यहरुमा सुरेश गौतम, टेकमान गुरुंग, मोहन गुरुंग तथा श्रीमती दुर्गा गुरुंग रहेका थिए।

नव निर्वाचित अध्यक्ष खमिरजंग गुरुङले आफ्नो कार्यकालमा युवाहरुलाई प्रोत्साहित गर्दै नेपाली संस्कृतिको संवर्द्धन गर्न काम गर्ने बताए। मर्दा पर्दा समाजले आफ्ना सदस्यहरुलाई सहयोग गर्ने गरेको बताउंदै उनले नेपालमा आपद विपद पर्दा पनि समाज ले सहयोग गर्दै आएको स्मरण गरे।

नयाँ कार्य समितिलाई बधाई दिंदै समाजका पूर्व अध्यक्ष तथा बार्नेट काउन्सिलका पूर्व उपमेयर लक्ष्य गुरुङले लन्डन बरो अफ बार्नेट बेलायतमा सबैभन्दा धेरै जातजातिहरु बसोबास गर्ने काउन्सिल भएको बताए। ” यहाँ १९० वटा विभिन्न भाषाहरु बोलिन्छ र जनसंख्याको हिसाबले बार्नेट लन्डनको सब भन्दा ठुलो काउन्सिल पनि हो सन् २०१९ देखि २०२१ मा यस काउन्सिलको उपमेयरको रुपमा विभिन्न कार्यक्रमहरुमा उपस्थित हुँदै गर्दा सबै समुदायले बेलायतमा आफ्नो पहिचान स्थापित गर्नको लागि धेरै मेहनत गरेको थाहा पाएँ । हामी पनि हाम्रो पहिचान बलियो बनाउनको लागि सबै एकजुट भएर लाग्नु पर्छ र हाम्रो सन्ततीहरु लाई हाम्रो कार्यक्रमहरुमा सहभागी बनाएर उनीहरुलाई जिम्मेवारी दिनु पर्छ,” उनले भने ।

समाजका अध्यक्ष बिष्णु गुरुङको अध्यक्षतामा बसेको पहिलो सत्रमा महासचिव, कोषाध्यक्ष तथा आमा समूहको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। महासचिब डिलमाया गुरुङले सभा संचालन गरेकी थिइन्।

निवर्तमान कार्यसमितिका अध्यक्ष बिष्णु गुरुंगले आफु नेतृत्वको कार्यसमिति लगायत समाजलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए।