लण्डन । गैरआवासीय नेपाली संघको सल्लाहकारमा बेलायतबाट तीन जना मनोनित भएका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा आइतवार बसेको पदाधिकारी बैठकले २१ जना सल्लाहकारको चयन गरेको छ ।
संघको सल्लाहकारमा संघको संस्थापक सचिव चिरन्जीबी ढकाल, एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ र एनआरएनए यूकेका पूर्वउपाध्यक्ष हिराधन राई सल्लाहकारमा मनोनित भएका छन् ।
संघको विधान २००३ (संशोसोधित २०२२) बमोजिम संघको सल्लाहकारमा २१ जनालाई मनोनयन गरिएको छ ।
सल्लाहकारहरुमा अतुल कोईराला (नेपाल), ओम गुरुङ (जापान), चिरनजीबी ढकाल (यूके), डा. देवि वस्नेत (कोरिया), प्रीतम श्रेष्ठ ( हंककगं ), रमेश पाण्डे (अष्ट्रेलिया), नारायण काफ्ले (अष्ट्रेलिया), दिनेश जोशी (अष्ट्रेलिया), सूर्य गुरुङ (यूके), भैरव ढकाल (अष्ट्रेलिया), गोविन्द गौतम (रुस), टेकराज निरौला (रुस), हिराधन राई (यूके), संजय थापा (अमेरिका), शिव वरुवाल (बेल्जियम), टिबी कार्की (कतार), कलममणी गुरागाई (कतार), होमनाथ शर्मा (कतार), रमेश पाण्डे (अष्ट्रेलिया), डा. सन्जिव सापकोटा (अमेरिका), यमुना भट्टराई (अमेरिका) र रमेश थापा (क्यानाडा) रहेका छन् ।