काठमाडौं । एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ बिथोल्ने क्रममा पक्राउ परेका पूर्वसंस्कृतिमन्त्री गोपाल किराँतीसहित पाँच पहिचानवादी रिहा भएका छन् ।
एमाले अभियान सकिएलगत्तै उनीहरुलाई जमानतमा छाडिएको हो । किरातीलाई एमाले अभियान बिथोल्न मध्यपहाडी लोकमार्ग अवरुद्ध गरिरहेका बेला २६ मंसिरमा खोटाङबाट पक्राउ गरिएको थियो ।
रिहा हुनेमा किराँतीसहित जसपा खोटाङका सचिवालय सदस्य राजेश राई, गन्धमान राई, नेपाल आदिवासी जनजाति महासङ्घ, खोटाङका सचिव उदिम चाम्लिङ, वाईसीएलका हलेसी तुवाचुङ नगर समिति इन्चार्ज विजय राई छन् । उनीहरुलाई जनही एक हजार धरौटी लिएर रिहा गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।
उनीहरु पाँचै जनाविरुद्ध अभद्र व्यवहार मुद्धामा म्याद थप गरी हिरासतमा राखिएको थियो । उनीहरु रिहा भएपछि पहिचानवादीहरुले नाराजुलुससहित दिक्तेल बजार परिक्रमा गरेका थिए ।