११ श्रावण २०८१, शुक्रबार
Follow Us

पाँच लाख घुससहित वडा अध्यक्ष पक्राउ

नेपालब्रिटेन संवाददाता
२ पुष २०८०, सोमबार १५:३८

काठमाडौं। राको जीतपुर सिमरा उपमहानगर–३ का वडा अध्यक्ष ताराबहादुर कार्की पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले ५ लाख घुससहित सोमवार दिउँसो पक्राउ गरेको हो।

सडक बनाउने क्रममा स्थानीय राजन उप्रेतीसँग घुसबापत लिएको पाँच लाख रुपैयाँसहित कार्की जितपुरस्थित जैसवाल होटलबाट पक्राउ परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ। पक्राउ परेका वडाअध्यक्ष कार्की नेकपा एमाले पार्टीबाट निर्वाचित बनेका हुन्।