२१ बैशाख २०८१, शुक्रबार
Follow Us

मह जोडी २१ डिसेम्बर बेलुका लन्डन उत्रने, शो हेर्न दर्शक उत्साहित

नेपालब्रिटेन डट कम्
३ पुष २०८०, मंगलवार १३:११

लन्डन । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) आउंदो बिहीबार (२१ डिसेम्बर) सांझ ५:३५ मा लन्डन उत्रने भएका छन् ।

‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय उक्त दिन हिथ्रो टर्मिनल ४ मा आइपुग्ने आयोजक द गोर्खा सेन्टरले जनाएको छ ।

सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको भव्य स्वागत गर्ने तयारी भएको जनाउंदै त्यस दिन बेलायतवासी नेपाली दर्शक, पत्रकारहरु र आयोजक समितिका पदाधिकारीलाई सहभागी भइदिन अपिल गरेका छन् ।

‘मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको बेलायत आगमन हामी समस्त नेपालीका लागि गर्वको कुरा पनि हो’, तामाङले भने, ‘त्यस दिन तपाईं हामी एयरपोर्टमा पुग्न सक्यौं भने भेट्रान कलाकारहरुको हौसला बढ्ने छ ।’

बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले मह टुरको व्यापक तयारी गरेको छ ।

मह जोडीको पहिलो कार्यक्रम आउंदो शनिबार (२३ डिसेम्बर) दिउसो हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ ।

ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा. लगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईले पनि प्रस्तुति दिनेछन् ।

मह प्रस्तुति अवलोकन गर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, स्थानीय मेयरहरु, काउन्सिलरहरु, नेपाली संघसंस्थाका प्रमुख आदि सहभागी हुने बताइएको छ ।

दर्शकहरुमा उत्साह

मह जोडीको कार्यक्रम हेर्न दर्शकहरु निकै उत्साहित रहेको आयोजकले जनाएका छन् ।

प्रहसन हेर्न लन्डनबाहिरका शहर पिटरबरो, रेडिङ, टिडवर्थ, अक्सफोर्डसायर, ग्लोष्टरसायर, आयल्सबरी, वार्टफोर्ड लगायतबाट दर्शक आउन लागेको भीम तामाङले बताए ।

‘दर्शकहरुले शोका लागि एकदम उत्साह देखाइरहनुभएको छ । म कार्यक्रम व्यवस्थापनमा लाग्नु परेकाले सबै फोन रेस्पोन्स गर्न सम्भव नहुन सक्छ । त्यसकारण तपाईंहरुले अनलाइन टिकट सुनिश्चित गरि कार्यक्रम नछुटाउन मेरो सुझाव छ’, उनले भने ।

यो लिंकमा गएर टिकट किन्न सकिन्छ:

ह्यारो :
https://www.tickettailor.com/events/thegurkhacentre/989012?fbclid=IwAR0EM85ckr95ilR4ErPrqnF0o3fENYiOkOxiV67c_2c0zGZDrOxuyNUphUE
अल्डरशट :
https://www.tickettailor.com/events/thegurkhacentre/1067312?fbclid=IwAR0R96AQqtkADvDJy9nTmYdpC63SJkUEaQAb2x2Pr879iTSIPlHGbgAXVgo

सेन्टरले एडभान्समा टिकट लिए जम्मा २५ पाउण्ड एवं विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि २० पाउण्ड शुल्क राखेको छ ।
टिकट सम्बन्धी कुनै पनि जिज्ञासा भए मधु गुरुङ (07585806914) र प्रतिमा जोशी (07793055224) लाई सम्पर्क गर्न पनि सेन्टरले आग्रह गरेको छ।
यो कार्यक्रमबाट बचत भएको सम्पूर्ण रकम गोर्खा भेट्रानहरुलाई मदत गर्न खर्च गरिने द गोर्खा सेन्टरले जनाएको छ।