१२ श्रावण २०८१, शनिबार
Follow Us

संघीयता उन्नत व्यवस्था हो, जोगाएर लैजानुपर्छ: गगन थापा

नेपालब्रिटेन संवाददाता
३ पुष २०८०, मंगलवार १३:२३

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले संघीयता उन्नत व्यवस्था भएकोले जोगाएर लैजानुपर्ने बताएका छन । आज मंगलबार पोखरामा जारी कांग्रेसको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले कामको गति बढाएर व्यवस्थामाथि प्रश्नगर्नेलाई जवाफ दिनुपर्ने बताएका छन । उनले देशमा केही नभएको भनेर कोलाहल गर्नेहरुलाई कांग्रेसले सम्हालेर सही दिशा दिनुपर्ने पनि बताएका छन ।

उनले भने, ‘संघीयता चाहिँदैन, केही भएकै छैन भन्ने कोलाहल छ । अनि कांग्रेस पनि होमा हो मिलाउने ?,’ २०६२ मा गिरिजा प्रसाद कोइरालाले ल्याएको गणतन्त्र होइन ? २०७२ मा सुशील कोइरालाले बनाएको संविधान होइन ?

२०७४ मा शेरबहादुर देउवाले गरेको निर्वाचन होइन ? अनि यसलाई हामीले जोगाउनु पर्ने होइन ?’ उनले विभिन्न नाममा ठेकेदारी गर्नेहरु पार्टीमा रहेको भन्दै होसियारी अपनाउनुपर्ने बताएका छन । उनले ‘धर्मको नाममा ठेकेदारी गर्ने होइन । चैतमा संघीयता सकिन्छ भन्ने ?