१२ श्रावण २०८१, शनिबार
Follow Us

वीरका निर्देशक डा.पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

नेपालब्रिटेन संवाददाता
३ पुष २०८०, मंगलवार १३:२५

काठमाडौं । सर्वोच्च अदालतले वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार पौडेलको रिट निवेदनमाथि सूनुवाइ गर्दै पौडेललाई हटाउने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले निर्देशक हटाउने निर्णय कार्यान्वन गर्न रोक लाएसँगै वीरको निर्देशकबाट हटाइएका डा. पौडेल पुनः वीर अस्पतालमा फर्किन बाटो खुला भएको छ । मन्त्रीस्तरीय निर्णयबाट वीर अस्पतालको निर्देशकबाट आफुलाई हटाएको भन्दै पौडेल मन्त्रालयको उक्त निर्णयविरुद्ध सर्वोच्चमा जानु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न आरोप लगाउँदै डा. पौडेललाई गत मंसिर १४ पदबाट हटाउने निर्णय गरेको थियो।