१२ श्रावण २०८१, शनिबार
Follow Us

हनिट्रयापमा फसाउन खेज्ने ३ महिलालाई जनही डेढ वर्ष कैद

नेपालब्रिटेन संवाददाता
३ पुष २०८०, मंगलवार १३:२६

दाङ । हनी ट्रयापमा फसाउन खेज्ने तीन महिलालाई जिल्ला अदालत दाङले एक वर्ष ६ महिना कैदको फैसला गरेको छ । परिवर्तित नाम थर भद्रबहादुर जैशीको जाहेरीमा न्यायाधीश जगतप्रसाद पौडेलको इजलासले प्रतिवादी सीता थापा, सुष्मा परियार र खुमा वलीलाई १ वर्ष ६ महिना कैद र जनही १५ हजार जरिवानाको फैसला सुनाएको हो ।

जिल्ला अदालत दाङका स्रेस्तेदार दामोदर घिमिरेका अनुसार जाहेरीवाला वादी भद्रबहादुरलाई प्रतिवादीबाट जनही १० हजार रुपैयाँ क्षतिपूर्ति र सीतादेवी थापाले लगेको एक लाख रुपैयाँ पनि फिर्ता गर्नुपर्ने फैसला गरेको छ ।

प्रतिवादी भद्रबहादुरलाई घोराहीको एक होटेलमा बोलाएर आपराधिक लाभ लिने गरी तीन महिलाले एक लाख नगद र २२ लाख रुपैयाँको चेक बुझेका थिए ।

डरधम्कीमा पारेर आपराधिक लाभ लिन थालेको भन्दै जिल्ला अदालत दाङमा २०७८ असोज ९ गते मुद्दा दायर भएको थियो । न्यायाधीश जगतबहादुर पौडेलको इजलासले मुलुकी अपराध सहिंता २०७४ को दफा २५३ को उपदफा ३ ख बमोजिम डेढ वर्ष कैद र जनही १५ हजार जरिवानाको फैसला गरेको हो ।

पछिल्लो समय दाङमा पुरुषहरुलाई हनी ट्रयापमा फसाउने र पैसा असुली गर्ने महिलाहरुको गिरोह नै लागेकाले आफूले मुद्दा दायर गर्नुपरेको वादी भद्रबहादुरले जनाए । अदालतको फैसलाले आफूले न्याए पाएको र त्यसखालका गतिविधिमा अबका दिनमा कमी आउने पनि उनले बताए ।