१२ श्रावण २०८१, शनिबार
Follow Us

सार्वजनिक लेखा समितिका सभापतिको अभिव्यक्तिप्रति गगनको आपत्ति

नेपालब्रिटेन संवाददाता
४ पुष २०८०, बुधबार ११:०८

काठमाडौ । कांग्रेस सांसद गगन थापाले एउटा समितिले अर्को समितिको कुरा काटेको भन्दै यसबारेमा गम्भीर रूपमा कुरा उठाउनुपर्ने बताएका छन । आज बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन ।

उनले यसबारे आजै सभामुखको ध्यानाकर्षण गराउनुपर्ने पनि बताएका छन । उनले मङ्गलवार सार्वजनिक लेखा समितिमा एनसेलको विषयमा भएको छलफलमा समितिका सभापतिले अराजक ढंगले प्रस्तुत भएको पनि बताएका छन ।

उनले भने, ‘हिजो एनसेल सम्बन्धी बैठकलाई सार्वजनिक लेखा समितिका सभापतिले सुन्ड्मुन्ड र सरकारले अह्राएर गरेको भन्नुभएको रहेछ । तर हाम्रो छलफल त पूर्व तयारीअनुसार भएको हो। एउटा समितिले अर्को समितिले कुरा काट्दै जाने हो भने संसद्को गरिमा के होला ? यस विषयमा गम्भीर रूपमा कुरा उठाउनै पर्छ ।’