१२ श्रावण २०८१, शनिबार
Follow Us

चिसोसँगै काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदूषण

नेपालब्रिटेन संवाददाता
५ पुष २०८०, बिहीबार १३:०५

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्न सुरु भएसँगै वायु प्रदूषण पनि बढेको छ । तापक्रममा गिरावट आएसँगै वायुमण्डलमा रहेका प्रदूषणका कण सतहमा उड्न थालेको र घाम पनि नलागेका कारण प्रदूषण बढेको हो ।

अमेरिकी दूतावासले फोरा दरबार क्षेत्रमा राखेको प्रदूषण मापन यन्त्रले बिहीबार बिहान ११ बजे काठमाडौंको प्रदूषण २०४ मापन गरेको थियो । जस अनुसार वायुको गुणस्तर निकै अस्वस्थ भन्ने हुन्छ । दिउँसो १ बजे पनि फोरा दरबारको पोलुसन मिटर २०० मा रहेको थियो ।