१२ श्रावण २०८१, शनिबार
Follow Us

एक अर्बबढी हिनामिना गर्ने उपसचिवसहित २६ जनाविरुद्धको मुद्दा सर्वोच्चमा

नेपालब्रिटेन संवाददाता
६ पुष २०८०, शुक्रबार १३:२३

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्चमा निवेदन दिएको छ । विभिन्न मितिमा फैसला भएका मध्ये राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगलाई चित्त नबुझी सर्वोच्चमा निवेदन दिएको हो ।

सो मुद्दामा उपसचिव (कानून) सपना अधिकारी, राम प्रसाद घिमिरेसमेत २६ जना तथा सिद्धार्थ मिनरल्स प्रा.लि, मारुती सिमेन्टस लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रा.लि.,सोनापुर मिनरल्स एण्ड आयल प्रा.लि., सर्वोत्तम सिमेन्ट प्रा.लि., युनाइटेड सिमेन्ट प्रा.लि., उदयपुर मिनरल्स टेक प्रा.लि., कन्चन क्वेरिज प्रा.लि.र डोलोमाइट चुनढङ्गा उद्योग प्रा.लि प्रतिवादी छन् ।

घिमिरेले राजस्व चुहावट गरी चुनढुङ्गा-सिमेन्ट कम्पनीहरूलाई फाइदा र नेपाल सरकारलाई एक अर्ब चौबिस करोड पैँतालिस लाख छब्बीस हजार छ सय त्रिचालीस रुपैयाँ हानि नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ ।

जयराज घिमिरे र उपसचिव अधिकारी समेतले गलत प्रतिवेदन र टिप्पणी राय समेत दिई राजस्व चुहावट गरी चुनढुङ्गा-सिमेन्ट कम्पनीहरूलाई फाइदा र नेपाल सरकारलाई एक अर्ब चौबिस करोड पैँतालिस लाख छब्बीस हजार छ सय त्रिचालिस रुपैयाँ हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ ।