३० बैशाख २०८३, बुधबार
Follow Us

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने मिति तोक्ने आधार र अधिकार मैले देखेको छैनः सभामुख

नेपालब्रिटेन संवाददाता
३० बैशाख २०८३, बुधबार १०:५१

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफू प्रधानमन्त्री बालेन्द्र साहलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताएका छन् ।

विपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीलाई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग उपस्थित गराउनका लागि रुलिङ गर्न विपक्ष दलका सांसदहरुले माग गरेपछि उनले सो कुरा प्रष्ट्याएका हुन् । सभामुख अर्यालले कुनैपनि सांसदहरुलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको स्पष्ट पारे । ‘हामी कानून निर्माणको थलोमा छौ । हामी त्यही कानूनमा टेकेर सभा सञ्चालन गरिहेका छौ । हामी त्यसैमा टेकेर सदन संचालन गर्न चाहन्छौँ । तर अहिले माननीय सदस्यहरुले के प्रश्न गरिरहनुभएको छ भने सम्माननीय प्रधानमन्त्री आउने सुनिश्चितता गर्नु प¥यो भनेर’ उनले भने ।

सभामुख अर्यालले आफूले आजको बैठक सुचारु गराउन विपक्ष दलका सांसदहरुलाईं आग्रह गर्दै सभामा उपस्थितिका लागि आजै बेलुका प्रधानमन्त्री साहसँग आफूले छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । प्रतिनिधि सभाको बैठक पुनः १५ मिनेटका लागि स्थगित भएको छ ।

धेरै पढिएको