१२ श्रावण २०८१, शनिबार
Follow Us

११४ अंकको उत्साहप्रद वृद्धिसँगै ३० अर्बको कारोबार !

नेपालब्रिटेन संवाददाता
६ पुष २०८०, शुक्रबार १३:२४

काठमाडौं । यो साता सेयर बजारमा निकै उत्साहप्रद कारोबार भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षासँगै उर्लिएको सेयर बजारमा अघिल्लो साता १४२ अंकमाथिको वृद्धि भएको थियो ।

यो साता ११४.५ अंकले वृद्धि हुँदै नेप्से सूचक २१०९.१० अंकमा उक्लिएको नेप्सेले जनाएको छ । १८ सयको पेरिफेरिमा घुमिरहेको नेप्से सूचक दुई सातामा नै करिब २५० अंकले बढ्नुले लगानीकर्ताहरू निकै आकर्षीत भएका छन ।

नेप्से सूचकसँगै यो साता कारोबारमा समेत उच्चता आएको छ । साताको पाँचै कारोबार दिन खुलेको बजारमा ३० अर्ब ३६ करोड ७९ लाख ४२ हजार ३१५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो पछिल्लो वर्षको हालसम्मकै उच्च कारोबार हो ।

१ पुसमा खुलेको बजारमा पहिलो दिनमा नै २७.७५ अंकको वृद्धि हुँदै गर्दा ५ अर्ब १० करोड २७ लाखको कारोबार भएको थियो भने दोस्रो दिन ३८.१४ अंकले नेप्से सूचक बढेको बजारमा ६ अर्ब ७५ करोड ६० लाख रुपैयाँ, तेस्रो दिन ४५.९८ अंकले बढ्दा ५ अर्ब ४८ करोड ४ लाख रुपैयाँ र चौथो दिन ३५.९८ अंकले सूचक बढेको दिन उच्च ६ अर्ब ८८ करोड ६२ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन हिजो बिहीबार भने नेप्से सूचकमा ३२.७७ अङ्कको करेक्सन आउँदै ६ अर्ब १४ करोड २४ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएका छन ।