१२ श्रावण २०८१, शनिबार
Follow Us

कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छः सभापति देउवा

नेपालब्रिटेन संवाददाता
७ पुष २०८०, शनिबार १२:२१

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा रहेको बताएका छन् । आज शनिबार कांग्रेसको बाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।

उनले संकटपूर्ण अवस्थामा सबै एकतावद्ध हुनुपर्ने बताएका हन्। उनले नेपाललाई समावेशी, समानुपातिक व्यवस्थामा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेसले यो संकटको बेला नेतृत्वदायी भूमिका खेल्नुपर्ने पनि बताएका छन ।

साथै उनले सबै क्षेत्रमा आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था भएकाले यो व्यवस्था अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन । उनले कांग्रेसलाई अझै सुदृढ गर्न र यसलाई ग्रास लेभलबाटै पूर्ण रुपमा प्रतिवद्ध गराइ बलियो बनाउन लाग्न पनि नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन ।