१८ कार्तिक २०८२, मंगलवार
Follow Us

मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प छैन: महासचिव पोखरेल

नेपालब्रिटेन संवाददाता
७ पुष २०८०, शनिबार १२:३४

काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको कुनै विकल्प नभएको बताएका छन । आज शनिवार ललितपुरको च्यासलस्थित एमालेको मुख्यालय तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको वागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन ।

उनले मुलुकको विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेकाले पनि त्यसलाई सुचारु गराउन एमालेलाई रोज्न पनि सबैलाई आग्रह गरेका छन । उनले भने, ‘अब स्वार्थहरुको गठबन्धन होइन, नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व गर्ने परिवेशको निर्माण गर्नुपर्दछ ।

त्यसका लागि अव हामीले राजनीतिक ध्रुवीकरणको बाटो तय गर्नुपर्दछ, ‘म तपाईंहरुलाई भन्न चाहन्छु–राजधानीमा आउने जुनसकै पार्टीका मान्छे भएपनि अब तपाईहरुले बुझ्नुपर्दछ । देश जोगाउने र स्वाधिनता बलियो बनाउने हो भने एमाले रोज्नुपर्दछ भनेर भन्न सक्नुपर्दछ ।’

उनले वर्तमान सरकारलाई स्वार्थ गठबन्धनको संज्ञा दिँदै नीतिगत श्रेष्ठताका आधारमा मुलुकको नेतृत्व गर्न राजनीतिक धुव्रीकरण गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन । महासचिव पोखरेलले मुलुकलाई बनाउने हो भने नयाँ राजनीतिक ध्रुवीकरण अपरिहार्य भएको बताएका छन ।

उनले भने, ‘देशको स्वाधिनता, स्वाभिमान, राष्ट्र हितको पक्षमा एमाले सदैव खरो उत्रिएको छ । चाहे हामीले नाकाबन्दीको सामनाको कुरा गरौं, चाहे नयाँ नक्सा प्रकाशित गर्ने कुरा गरौं ।

चाहे हामीले चीनसँग व्यापार, पारवहनको कुरा गरौं । चाहे भारतसँग नुसुल्झिएका समस्या सुल्झाउने कुरामा नेतृत्व गरेको कुरा गरौं । वा अन्तराष्ट्रिय फोरमहरुमा जनताको पक्षमा, मानवताको पक्षमा हामीले उठाएका आवाजहरुको कुरा गरौं । एमाले जस्तो अरु कुनै पार्टीले राष्ट्रिय हितको एजेण्डालाई, मानवताको एजेण्डालाई उठाउन सक्दैन ।’

धेरै पढिएको