१२ श्रावण २०८१, शनिबार
Follow Us

उपमेयर चढ्ने गाडीमा आगजनी

नेपालब्रिटेन संवाददाता
८ पुष २०८०, आईतवार ०६:४३

काठमाडौँ। महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गए राति आगजनी भएको छ । उपमेयर रेनु कुमारी महतो चढ्ने प्र २-००२-०००१ झ ०००५ नम्बरको बुलेरो गाडीमा आगजनी भएको हो ।

गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको दरबाजामा पार्किङ गरेर राखिएको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर आगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयले आगो निभाएपछि क्षति हुन बाटा जोगिएको हो ।

उपमेयर महतोले अज्ञात व्यक्तिले पेट्रोल छर्केर आगजनी गरेको बताइन् । उनका अनुसार आगलागी समयमै नियन्त्रण गर्दा पनि देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ । थप अनुसन्धान भइरहेको उपमेयर महतोले बताइन्।