१२ श्रावण २०८१, शनिबार
Follow Us

सिन्धुलीमा गुडिरहेको बसभित्र मोटरसाइकल पस्यो

नेपालब्रिटेन संवाददाता
९ पुष २०८०, सोमबार ०६:३५

काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका-३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोराले बताइन् ।

बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा ६० प ३५४५ नम्बरको मोटरसाइकल चालक हलेसी तुवाचुङ नगरपालिका-२ बस्ने ४५ वर्षीय कुमार राई र खोटाङको दिक्तेल नगरपालिका-१० बस्ने १८ वर्षीया मुनाकला राई छन् ।