१४ असार २०८१, बिहीबार
Follow Us

चन्दद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक

नेपालब्रिटेन संवाददाता
९ पुष २०८०, सोमबार १३:२१

काठमाडाै- नेपाल राष्ट्र बैंकका निर्देशक सहदेव चन्दले अभिनय गर्नुभएकाे नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ ।

गायक कमलमान सिंहको शब्द र संगीतसमेत रहेको ‘मायालु’ गीतको म्युजिक भिडियो सार्वजिनक भएकाे हाे । भिडियाेमा चन्दका साथमा नायिका प्रियंका कार्कीकाे अभिनय रहेकाे छ ।

यसअघि गायक सिंहकै गीत ‘जिन्दगी’मा पनि निर्देशक चन्दले अभिनय गर्नुभएकाे थियाे ।