१२ श्रावण २०८१, शनिबार
Follow Us

मन्त्री किरातीको अभिव्यक्तिको विरोधमा प्रदर्शन

नेपालब्रिटेन संवाददाता
९ पुष २०८०, सोमबार १३:२७

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिको विरोध जनाउँदै सनातन धर्मावलम्बी समूहले काठमाडौँमा प्रदर्शन गरेको छ ।

मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै समूहले काठमाडौँको बानेश्वरमा प्रदर्शन गरेको हो ।

बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरू देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए । जसको विरोधमा प्रदर्शन भएको हो ।