१२ श्रावण २०८१, शनिबार
Follow Us

सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने

नेपालब्रिटेन संवाददाता
११ पुष २०८०, बुधबार ०५:४८

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । काठमाडौँ जिल्ला अदालतमा लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ हुने भएको हो ।

यसअघि नै अन्तिम सुनुवाइ सुरु भए पनि हालसम्म बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सुनुवाइ हुन लागेको हो । नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।