१२ श्रावण २०८१, शनिबार
Follow Us

चिसोले जाजरकोटमा सुत्केरीको मृत्यु

नेपालब्रिटेन संवाददाता
११ पुष २०८०, बुधबार १३:१४

जाजरकोट । जाजरकोटमा चिसोका कारण जाजरकोटमा फेरि एक सुत्केरीको मृत्यु भएको छ । जाजरकोट कुशे गाउँपालिका ९, घर्तीगाउँकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको आज (बुधबार) बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । उनको मृत्यु चिसोकै कारण भएको अध्यक्ष बस्नेतले बताए ।

उनले मंसिर १७ गते दुई छोरालाई जन्माएकी थिइन् । कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान त्रिपालमा बस्दै आएकी थिए । यसअघि मंसिर १० गते जाजरकोट नलगाडकी २५ वर्षीय सुत्केरी शर्मिला चदाराको पनि चिसोकै कारण मृत्यु भएको थियो ।