१२ श्रावण २०८१, शनिबार
Follow Us

सन्दीपविरुद्धको मुद्दा बुधबार पनि हेर्दाहेर्दैमा

नेपालब्रिटेन संवाददाता
११ पुष २०८०, बुधबार १३:२१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएकाे सुनुवाई बुधबार पनि हेर्दाहेर्दैमा सकिएको छ ।

गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ । जाहेरवालातर्फबाट १० जनाले बहस गरेपछि प्रतिवादी सन्दीपका तर्फबाट बहस सुरु भएको थियो ।

अधिवक्ता मुरारी सापकोटाले बहस गरिरहेका बेला बुधबारको समय सकिएको थियो । अब बिहीबार सन्दीपका कानुन व्यवशायीले बहस गर्नेछन्। प्रतिवादीका कानुन व्यवशायीको बहस सकिएपछि जाहेरवालातर्फबाट फेरी जवाफी बहस हुनेछ ।

त्यसपछि न्यायधिशले फैसला सुनाउनेछन् । जाहेरवालातर्फबाट दुई जना सरकारी वकिल र ८ जना निजी वकिलले बहस गरेका छन् । सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ, शम्भु थापा, कृष्ण सापकोटालगायतले बहस गर्ने तयारी छ ।