काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि बहस जारी रहने छ । बुधबार वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट १० जनाले बहस गरेका थिए । आज सन्दीप पक्षका वकिलहरू बहस गर्नेछन् ।
बिहीबार ३ बजेसम्म बहस सक्ने प्रतिवादीतर्फका एक कानुन व्यवसायीले बताए । त्यसपछि वादीका तर्फबाट जवाफी बहसमा लामो समय नलागेमा आज नै फैसला हुने अपेक्षा गरिएको छ ।