१२ श्रावण २०८१, शनिबार
Follow Us

वरिष्ठ अधिवक्ता भण्डारीविरुद्ध तेश्री पत्नीद्वारा महिला हिंसाको उजुरी

नेपालब्रिटेन संवाददाता
१२ पुष २०८०, बिहीबार ०६:३५

काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीविरुद्ध उनकै पत्नीले महिला हिंसाविरुद्ध उजुरी दिएकी छन् ।

भण्डारीेल विवाह दर्ता गर्न नमानेको र आफूमाथि शारीरिक तथा मानसिक हिंसा गरेको भन्दै बुधबार पत्नी जानकी पाण्डेले ललितपुर जिल्ला अदालतमा मुद्धा नाया प्रमाणीकरण र महिला हिंसाविरुद्ध दुई फरक रिट दायर गरेकी हुन् ।

उजुरीमा भण्डारीले आफूमाथि शारीरीक, मानसिक, आर्थिक र यौनजन्य हिंसा गरेको, ज्यान लिने धम्की दएिको तथा आफ्ना बुबाआमालाई धम्क्याउने काम गरेको भन्दै संरक्षणात्मक आदेश माग गरेकी छन् । अदालतले बिहीबार नै उनको उजुरी पेशीमा चढाउने निर्णय गरेको छ ।

पाण्डेले यसअघि भण्डारीविरूद्ध महिला आयोगमा समेत न्याय माग्दै उजुरी दिएकी थिइन् । दोश्री पत्नीसँग सम्बन्ध बिच्छेद भएपछि भण्डारीले २०७४ साल माघ १९ गते परम्परागत विवाह गरी जानकीलाई तेश्रो श्रीमतीका रुपमा भित्र्याएका थिए ।

स्वीट्जरल्याण्ड जान पासपोर्ट नवीकरणका लागि विवाह दर्ता गर्नुपर्ने अवस्था आएपछि जानकीले विवाह दर्ताका लागि आग्रह गरेकी थिइन् । तर भण्डारीको विवाह भएको मितिमा नभई विवाह मिति २०८० राखेर फारम भरेपछि उनीहरु दुईबीच विवाद सुरु भएको थियो ।