लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) किर्गिस्तानले भूकम्प प्रभावित क्षेत्रमा सेनेटरी प्याड वितरण गरेको छ ।
संघले पछिल्लो समय भूकम्पबाट प्रभावित जिल्ला जाजरकोटको पशुपती माध्यमिक विद्यालय कुसेपालीकामा किशोरी तथा शिक्षिकाहरूलाई पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण गरेको हो ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) किर्गिजस्तान शाखाको सहयोगमा गत पौष १० गते मंगलबार सेनेटरी प्याड वितरण गरिएको संघकी कोषाध्यक्ष मीना ज्ञवालीले जानकारी दिइन्।
यसअघि संघले महिनावारी शुरू हुने उमेर समूहका किशोरीले सामना गर्ने शारीरिक, मनोवैज्ञानिक परिवर्तन र महिनावारीको समयमा उचित सरसफाइ कायम राख्ने तरिकाबारे काठमाडौं र ललितपुरका विभिन्न विद्यालयहरूमा सचेतना मूलक प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो ।