२५ फाल्गुन २०८२, सोमबार
Follow Us

जेन जेड घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई २४ घण्टे समयसीमा

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०८२, सोमबार १३:१०

काठमाडौँ। ‘जेन जेड अलायन्स फर मोनार्की’ ले जेन जेड घटनासम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई २४ घण्टे समयसीमा दिएको छ।

अलायन्सले प्रेस विज्ञप्तिमार्फत आयोगको प्रतिवेदन सरकारलाई बुझाइसकिएको उल्लेख गर्दै अब कुनै ढिलाइ नगरी उक्त प्रतिवेदन पूर्ण रूपमा जनतासामु सार्वजनिक गर्न माग गरेको हो।

अलायन्सका प्रवक्ता सनातम रिजालद्वारा जारी विज्ञप्तिमा प्रतिवेदनलाई सम्पादन, संक्षेपण वा राजनीतिक स्वार्थअनुसार परिवर्तन गरेर सार्वजनिक गरिए स्वीकार्य नहुने उल्लेख गरिएको छ।

सरकारले तोकिएको समय सीमाभित्र प्रतिवेदन सार्वजनिक नगरे वा अपूर्ण तथा संशोधित रूप प्रस्तुत गरे मुलुक थप अन्योल र अस्थिरताको दिशातर्फ जान सक्ने भन्दै अलायन्सले चेतावनीसमेत दिएको छ।

धेरै पढिएको