१२ श्रावण २०८१, शनिबार
Follow Us

युक्रेनमा अहिलेसम्मकै ठूलो बमबारी

नेपालब्रिटेन संवाददाता
१४ पुष २०८०, शनिबार ०५:३८

रुसले युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो क्षेप्यास्त्र प्रयोग गरी बमबारी गरेको छ । बमबारीमा परी ३० जना युक्रेनी मारिएका छन् ।

रुसले स्थानीय समय अनुसार शुक्रबार बिहानैदेखि युक्रेनको राजधानी किभका साथै अन्य शहरहरु ओदेसा, निप्रोपेट्रोभस्क, खार्किभ र लभिभमा गरेको आक्रमणमा १ सय ६० जनाभन्दा बढी घाइते भएका छन् ।

रुसले सबै प्रकारणका हतियारको प्रयोग गरेको युक्रेनको भनाइ छ । युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले रुसले व्यक्तिका घर र प्रसुति अस्पतालमा समेत आक्रमण गरेको बताउनु भयो । रुसले एकैपटक यति धेरै क्षेप्यास्त्र प्रक्षेपण गरेको कहिल्यै नदेखेको युक्रेनी वायुसेनाले जनाएको छ ।

हालैका केही महिनायता किभको वायु प्रतिरक्षामा ठूलो सुधार भएको मानिन्छ । तर हिजो एकैपटक ठूलो संख्यामा गरिएको आक्रमणको भने युक्रेनले प्रतिरक्षा गर्न सकेन । हिजोको आक्रमणमा रुसले हाइपरसोनिक, क्रुज र ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको युक्रेनको भनाइ छ ।

यति धेरै क्षेप्यास्त्र एकैपटक रोक्न सक्ने प्रविधि आफूहरुसँग नभएको युक्रेनी वायुसेनाले जनाएको छ । यसका बाबजुद पनि १ सय ५८ मध्ये १ सय १४ वटा क्षेप्यास्त्र भने खसालेको युक्रेनको भनाइ छ ।