१२ श्रावण २०८१, शनिबार
Follow Us

पृथ्वी जयन्तीमा राप्रपाले चियापान गर्ने

नेपालब्रिटेन संवाददाता
१५ पुष २०८०, आईतवार १३:३०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ । राप्रपाको आज (आइतबार) बसेको पदाधिकारी बैठकले ३०२ औं पृथ्वी जयन्ती केन्द्रमा विविध कार्यक्रमका साथ मनाउने र सोही कार्यक्रम अनुसार काठमाण्डुमा चियापान कार्यक्रम गर्ने निर्णय भएको एक नेताले जानकारी दिएका छन ।

यस्तै भृकुटीमण्डपबाट सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकसम्म ऱ्याली गर्ने र “पृथ्वीनारायण” शीर्षकमा ४० वर्ष मुनिका युवा कविता प्रतियोगिता गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन । साथै, काठमाडौं, ललितपुर, भक्तपुर बाहेक ७४ जिल्लामा पनि पृथ्वी जयन्ती मनाउने र सोका लागि प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको उनले जानकारी दिएका छन ।