२१ बैशाख २०८१, शुक्रबार
Follow Us

फुलह्यामसँग आर्सनल स्तब्ध, टोटनह्यामको सहज जीत

नेपालब्रिटेन संवाददाता
१६ पुष २०८०, सोमबार ०६:२२

काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत फुलह्यामले आर्सनललाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा फुलह्यामले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० गोलले अग्रता लोएको आर्सनलले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो ।

फुलह्यामको जितका लागि खेलको २९औं मिनेटमा राउल जिमेनेज र खेलको ५९औं मिनेटमा बबी डे कोर्ड़ोभाले गोल गरेका थिए । यसअघि खेलको पाँचौं मिनेटमा बुकायो साकाले आर्सनलका लागि शुरुवाती गोल गरेका थिए ।

यो फुलह्यामको यस सिजनमा सातौं जित हो । यो जितपछि २० खेलमा २४ अंकसहित फुलह्याम अंक तालिकामा १३औं स्थानमा रहेको छ । त्यस्तै आर्सनलको भने यो यस सिजनमा चौथो हार हो । यो हारपछि आर्सनलको २० खेलमा ४० अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

बोर्नमाउथमाथि टोटनह्यामको ३-१ को जित
गएराति नै सम्पन्न अर्को खेलमा टोटनह्यामले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ । आइतबार राती सम्पन्न खेलमा टोटनह्यामले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा पापे माटर सार, सन हेंग मुन र रिचार्लिशनले एक एक गोल गरेका थिए । त्यसैगरी बोर्नमाउथका लागि एक गोल एलेक्स स्कटले गरेका थिए ।

यो यस सिजनमा टोटनह्यामको १२औं जित हो । यो जितपछि २० खेलमा ३९ अंक भएको टोटनह्याम पाँचौं स्थानमा रहेको छ । त्यस्तै बोर्नमाउथको भने १९ खेलमा २५ अंक रहेको छ र अंक तालिकामा १२औं स्थानमा रहेको छ ।