नयाँ वर्षको पहिलो दिन जापानमा भूकम्पको धक्का महसुस गरिएको छ । समाचार एजेन्सी एपी र रोयटर्सका अनुसार जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । यो भूकम्प उत्तर मध्य जापानमा पनि महसुस गरिएको छ ।
जापानको मौसम विज्ञान एजेन्सीले इशिकावाले निगाटा र तोयामा प्रान्तको तटीय क्षेत्रहरुमा सुनामीको चेतावनी जारी गरेको छ । यहाँका मानिसलाई तुरुन्तै यो क्षेत्र खाली गर्न भनिएको छ । यिनीहरुलाई उच्च स्थानहरूमा जान भनिएको छ । जापानको मौसम विभागले यी क्षेत्रमा पाँच मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिएको छ ।
सन् २०११ मा पनि जापानमा शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि सुनामीको छाल उठ्यो र धेरै क्षति भयो । जसका कारण हजारौंले ज्यान गुमाएका छन् । सन् २०११ मा आएको सुनामीका कारण जापानको आणविक संयन्त्र पूर्ण रुपमा ध्वस्त भएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।
-बीबीसी