२८ असार २०८२, शनिबार
Follow Us

रेशम चौधरीविरुद्धको रिटको पेसी आज पनि स्थगित

नेपालब्रिटेन संवाददाता
१६ पुष २०८०, सोमबार १३:०५

काठमाडौं । कैलालीको टीकापुरमा ८ वर्षअघि भएको घटनामा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कठायतले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आज पनि स्थगित भएको छ ।

न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा आजका लागि सुनुवाइको मिति तोकिएको थियो । तर प्रत्यर्थीका कानुन व्यवसायीले सुनुवाइ स्थगित गराएका हुन् ।

गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा कैद मिनाहा पाएका रेशम चौधरीविरुद्ध जेठ १७ गते शारदाले रिट दायर गरेकी थिइन् । रिटमा सर्वोच्चले कात्तिक २३ गते नै अग्राधिकारसहित आजका लागि पेसी तोकेको थियो ।

त्यसअघि जेठ २१ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश दिएको थियो ।

रेशमलाई कैद माफी दिने राष्ट्रपति कार्यालयको निर्णय बदर गर्न माग गरिएको छ ।

धेरै पढिएको