७ भाद्र २०८२, शनिबार
Follow Us

एनआरएनएले नयाँ वर्षको अवसरमा ६ वटै क्षेत्रमा कार्यक्रम गर्ने

नेपालब्रिटेन डट कम्
२० पुष २०८०, शुक्रबार ०६:०५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ वर्ष २०२४ को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

संघका प्रवक्ता फणिन्द्र पन्तका अनुसार संघले आगामी आइतवार संस्थाको संजाल रहेको युरोप, एशिया, अफ्रीका, अष्ट्रेलिया, मध्येपूर्व र अमेरिका क्षेत्रमा एकै दिन छुट्टा छुट्टै शुभकामना कार्यक्रमको आयोजना गर्न लागेको हो ।

‘ग्लोवल डायस्पोरा कनेक्ट २०२४’ को नाम दिइएको सो कार्यक्रममा संस्थाका संस्थापक देखि वर्तमान पदाधिकारीहरुले शुभकामना सन्देश दिने भएका छन् ।

युवा तथा महिलाहरुको सकृयता रहने सो कार्यक्रममा गैरआवासीय नेपालीहरुको विषेश सांगीतिक प्रस्तुति समेत रहने छ । कार्यक्रममा विश्वका विभिन्न देशमा रहेका संघसँस्था तथा पेशाकर्मीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

धेरै पढिएको