२० भाद्र २०८२, शुक्रबार
Follow Us

‘एकपटक सुन ल्याउँदा विमानस्थलमा सेटिङ मिलाउन ५ लाख खर्च हुन्छ’

नेपालब्रिटेन संवाददाता
२१ पुष २०८०, शनिबार १३:३१

काटमाडौं । गत २१ मङ्सिर त्रिवि भन्सार कार्यालयको टोलीले अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन ।

सो प्रकरणमा संलग्न अर्का मीनबहादुर घले पनि हुन । अनुसन्धान अधिकृत समक्ष घलेले गरेको बयानमा सुन तस्करीमा पक्राउ परेका चन्द्र घले र भारतीय नागरिक अङ्कित अग्रवालसँग आफूले ह्वाट्सएपमार्फत कुराकानी गर्ने गरेको जानकारी दिएका छन ।

भारतीय नागरिक अग्रवाल पनि दुबईमै बस्ने उनले बयानका क्रममा जानकारी दिएका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका पदाधिकारीले विमानस्थल भित्रको सेटिङको बारेमा स्टेप बाई स्टेप खुलाउन आग्रहमा उनले विमानस्थल भित्रका कर्मचारीहरूसँगको सेटिङ लमजुङ घर भएका डीबी भनिने दनबहादुर गुरुङले मिलाउने गरेको बयान दिएका छन् ।

उनले बयानका क्रममा १४ किलो सुन तस्करी गर्दा ५ लाख विमानस्थलका कर्मचारीलाई, १–१ लाख आफू र डीबी गुरुङलाई र ७५ हजार चन्द्र घलेलाई दिने गरेको जानकारी दिएका छन ।

धेरै पढिएको