लण्डन । जापानको ओकिनावा शहरमा छोरा बुहारी भेट्न जापान गएका नेपाली दम्पतिको शनिबार साँझ सडक दुर्घटनामा मृत्यु भएको छ ।
जापानबाट प्रकाशित हुने निश्पक्ष अनलाइनका अनुसार साँझको समयमा बाटोमा हिडिरहेको अवस्थामा गाडीले अचानक ठक्कर दिदा बिष्ट थरका करिब ६० बर्षका दम्पतिको मृत्यु भएको हो ।
पश्चिम रुकुम ठेगाना भएका दम्पती, जापानको ओकिनावा रहेका छोरा बुहारी भेट्न दुई महिना अगाडी जापान पुगेको बताइएको छ ।