१३ जेष्ठ २०८१, आईतवार
Follow Us

चेल्सी एफए कपको चौथो चरणमा

नेपालब्रिटेन संवाददाता
२२ पुष २०८०, आईतवार ०६:१९

लन्डन । चेल्सीले एफ ए कपको चौथो चरणमा स्थान पक्का गरेको छ । शनिबार राति भएको खेलमा प्रिस्टोन नर्थ इन्डलाई ४–० गोल अन्तरले पराजित गर्दै चेल्सीले अघिल्लो चरणको यात्रा तय गरेको हो । चेल्सीको जितमा अर्मान्डो ब्रोजा, थिएगो सिल्भा, रहिम स्र्टलिङ र इन्जो फर्नान्डेजले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चार गोल नै चेल्सीले दोस्रो हाफमा गरेको हो ।

मालो गुस्टोको पासमा ब्रोजाले गोल गर्दै ५८ औँ मिनेटमा चेल्सीलाई अग्रता दिलाए । ६६ औँ मिनेटमा कोल पालमरको पासमा सिल्भाले गोल गरेपछि चेल्सीले अग्रता दोब्बर बनायो । ६९ औँ मिनेटमा स्र्टलिङले गोल गर्दा ३–० को अग्रता लिएको चेल्सीले ८५ औँ मिनेटमा चौथो गोल गरेको थियो । स्टर्लिङको पासमा चेल्सीका फर्नान्डेजले गोल गरेका हुन् ।

एफ ए कप अन्तर्गत स्वेन्सा सिटीले मोरकम्बलाई २–० ले पराजित गर्दा, एस्टन भिल्लाले मिडिलवर्गलाई १–० ले स्तब्ध बनायो । यसैग्री सेफवेडले कार्डिफलाई ४–० गोलले पराजित गर्दा हल सिटी र बर्मिङघम सिटीले एक एक गोलको बराबरी खेले ।

न्युपोर्ट र इस्टलेइजले १–१ गोलको बराबरी खेल्दा प्लेमाउथले सटन युनाइटेडलाई ३–१ ले स्तब्ध बनायो । यसैगरी बर्नमाउथले क्युपीएआरलाई ३–२ गोलले हराउँदा सेफिल्ड युनाइटेडले गिलिङघमर्ला ४–० ले स्तब्ध गरेको थियो ।

यस्तै बल्यावर्नले क्याम्ब्रिज युनाइटेडलाई ५–२ गोल अन्तरले पराजित गर्दा वाटफोर्डले चेस्टरफिल्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी साउथ ह्याम्पटनले वालसललाई ४–० गोल अन्तरले हराउँदा नर्विच र ब्रिस्टल रोभर्सले १–१ गोलको बराबरी खेले ।

यसैगरी ब्राइटनले स्टोक सिटीलाई ४–२ गोल अन्तरले पराजित गर्दा न्युक्यासलले सन्डरल्याण्डमाथि ३–० को सहज जित दर्ता गरेको छ । मेडस्टोन युनाइटेडले स्टेभनेजलाई १–० गोल अन्तरले पराजित गर्दा कोभेन्ट्रीले अक्सफोर्डमाथि ६–२ को फराकिलो जित निकालेको थियो । यस्तै, लेस्टरले मिलवाललाई ३–२ गोल अन्तरले पराजित गर्दा इप्सवीचले विम्बल्डनलाई ३–१ गोल अन्तरले स्तब्ध बनायो ।