५ असार २०८१, मंगलवार
Follow Us

एनआरएनएको ६ वटै क्षेत्रमा नयाँ वर्ष कार्यक्रम, १ सय देशमा संजाल स्थापना गर्ने अध्यक्ष डा. केसीको घोषणा

नेपालब्रिटेन डट कम्
२२ पुष २०८०, आईतवार १६:१०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले संघको संजाल सय देशमा विस्तार गरिने बताउनुभएको छ ।

आइतवार काठमाण्डौंमा आयोजित नयाँ वर्ष २०२४ को शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष केसीले संघको सञ्जाल ८७ देशमा पुगिसकेको र त्यसलाइ विस्तार गरि सय देशमा पुर्याउने लक्ष्य रहेको बताउनुभएको हो ।

त्यसैगरि अध्यक्ष डा. केसीले १० अर्वको लगानी भएको संरचना खडा भइसकेको बताउंदै सञ्चालनका लागि पहल गरिने बताउनुभयो । त्यसका लागि सबै गैरआवासीय नेपालीहरूबाट सहयोग लिने उहाँका भनाइ थियो । त्यसैगरि वैदेशिक रोजगार एन २०६४ ले श्रम स्वीकृती लिन सबै देशमा अफ्ट्यारो हुनुका साथै महिलाहरूलाइ समेत श्रमका लागि असहज भएको भन्दै त्यसलाइ संशोधन गर्न लागिएको बताउनुभयो ।

महिला र युवाहरू संघको खम्वा भएको भन्दै अध्यक्ष केसीले यसैबर्ष महिला तथा युवा सम्मेलनको आयोजना गर्न लागिएको समेत जानकारी दिनुभयो ।

त्यसैगरि कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहकार अतुल कोइरालाले शुभकामना दिंदै गैरआवासीय नेपाली संघको अभियानलाई सशक्त बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले संघको अभियानमा स्थापनाकाल देखिनै आफु सकृय रहेको भन्दै आगामी दिनमा संघको हितमा कामगर्ने प्रतिवद्दता जनाउनुभयो ।

गैरआवासीय नेपाली संघले आज युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका, मध्येपूर्व लगायतका संघका ६ वटै क्षेत्रमा एउटै जुममार्फत कार्यक्रम गरि शुभकामना आदानप्रदान सहित विभिन्न सांगीतिक प्रस्तुती समेत गरिएको थियो ।