१२ श्रावण २०८१, शनिबार
Follow Us

प्रदीप खड्काको ‘एक्टर’मा आना शर्मा हिरोइन

नेपालब्रिटेन संवाददाता
२६ पुष २०८०, बिहीबार ०६:२९

काठमाडौं । अभिनेत्री आना शर्माले नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’मा अभिनय गर्ने भएकी छिन् । निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी संझौता भएको हो ।

आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आना को जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो । यी दुईको जोडीलाई लिएर ‘कामिनो’ बन्ने चर्चा चले पनि यो फिल्म अहिलेसम्म फ्लोरमा जान सकेको थिएन ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारी निर्माताको रुपमा रहेका छन् । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् ।

आनाले चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको कथा दर्शक सामु प्रस्तुत गर्न उत्साहित रहेको बताएकी छिन् । यो फिल्मको छायांकन वैशाख महिनामा सुरु हुनेछ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ ।

आनाले पछिल्लो समयमा ‘द म्यान फ्रम काठमाडौँ’मा अभिनय गरेकी थिइन् । भारत, पाकिस्तानका चर्चित कलाकारको समेत अभिनय रहेको फिल्म नेपाली बक्स अफिसमा भने असफल भएको थियो । यसपछि आना अनमोल केसीसँग ‘जेरी अन टप’ मा देखिने चर्चच थियो । यो फिल्म पनि फ्लोरमा जाने समयमा अड्किएको थियो ।