१२ श्रावण २०८१, शनिबार
Follow Us

आज शेयर बजार घट्यो

नेपालब्रिटेन संवाददाता
२६ पुष २०८०, बिहीबार १३:१३

काठमाडौँ । शेयर बजार आज बिहीवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ०.६२ अङ्कले घटेर नेप्से २०८८.९९ को विन्दुमा झरेको हो । यस दिन दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर चार अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

१२१ कम्पनीको सेयर मूल्य बढेको छ । ११७ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर छ । १३ मध्ये चार उपसमूहको मात्र समूहगत सूचक बढेको छ । ६ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।