२० बैशाख २०८१, बिहीबार
Follow Us

‘पर्खी बसेँ तिमीलाई’ दर्शकको साथ

नेपालब्रिटेन संवाददाता
२८ पुष २०८०, शनिबार ०५:५६

पुस २७ गते शुक्रबारबाट रिलिज भएको फिल्म ‘पर्खी बसेँ तिमीलाई’ दर्शकले अत्याधिक रुचाएका छ्न् । ललितपुरस्थित लाविम मलमा रहेको क्युएफएक्समा प्रतिक्रिया लिन पुगेको निर्माण टिमले दर्शकबाट सकारात्मक प्रतिकृया पाएका हुन् । फिल्म हेरेर निस्किदै गर्दा अधिकाँस दर्शकका आँखा रसाएका थिए ।

अभिनेता शिव श्रेष्ठले नयाँ पुस्ताको कलाकारहरूबाट आफू प्रभावित भएको बताए। उनले डेब्यु कलाकारसँगै निर्देशक श्रेष्ठको प्रसंशा गरे । पछिल्लो समय ड्रामा र एक्सन फिल्म हेर्दै आएकोमा प्रेम कथामा आधारित रहेको पर्खी बसें तिमीलाई हेर्न पाउँदा खुसी लागेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । दीपक श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा नव कलाकार किरण श्रेष्ठ र रक्षा बुढाथोकी मुख्य भुमिकामा छन् । फिल्म टिमले माघेसंक्रान्तिसम्म उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिदैछन् ।

डेब्यु फिल्ममै पाएको प्रतिक्रिया आफूहरू उर्जाशील रहेको नव कलाकार किरण र रक्षाले प्रतिक्रिया दिए ।रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन फिल्ममा रहेको छ ।