१२ श्रावण २०८१, शनिबार
Follow Us

सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी

नेपालब्रिटेन संवाददाता
२९ पुष २०८०, आईतवार ०६:३८

इजरायलले गरेको आक्रमणमा परी पछिल्लो २४ घन्टामा दक्षिणी गाजा शहर रफाहमा १ सय ३५ जनाको मृत्यु भएको छ ।

हमासले संचालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार विस्थापित दुई वटा परिवारले आश्रय लिइरहेको घरलाई निसाना बनाउँदा सो घरमा रहेका १० जना पनि मारिएका छन् ।

गाजाका अन्य भागबाट सुरक्षाको खोजी गर्दै दक्षिणी गाजामा जानेको संख्या बढेसँगै त्यहाँको जनसंख्या १० लाख नाघेको छ । इजरायली रक्षा सेनाले रिपोर्टहरु हेरिरहेको जनाएको छ । गाजाबाट दक्षिणी इजरायलमा पनि रकेट प्रहार गरिएको बताइएको छ ।

रफाहका सर्वसाधारणलाई पूर्व सूचना विना अचानक आफूहरुको घरमा आक्रमण गरिएको बताएका छन् । इजरायलले बमबारी शुरु गर्दा धेरैजसो मानिसहरु घरमै रहेको र भागेर जाने ठाउँ समेत नभएको बताएका छन् । न त घर सुरक्षित छ न त बाहिर । कहाँ जाने भन्ने चिन्तामा गाजाका सर्वसाधारण छन् ।