५ असार २०८१, मंगलवार
Follow Us

प्रवासी नेपाली मञ्च, स्पेनको अध्यक्षमा ढुंगाना सर्वसम्मत

नेपालब्रिटेन डट कम्
२९ पुष २०८०, आईतवार २१:२७

लण्डन । प्रवासी नेपाली मञ्च, स्पेनको अध्यक्षमा केदारनाथ ढुंगाना सर्वसम्मत भएका छन् । प्रवासी नेपाली मञ्च, स्पेनको आइतवार सम्पन्न विशेष अधिवेशनले ढुंगाना सहितको नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा कृष्ण सिग्देल, सचिवमा शिवप्रसाद गौतम, र उपसचिवद्धयमा मोहनराज गौतम र नारायण सुवेदी चयन भए । यस्तै सदस्यहरुमा सन्तोष पौडेल, अर्पण तिवारी, प्रविण गुरूङ, कल्पना भुजेल थापा, सुमन गुरूङ, राजेन्द्र पराजुली, प्रभात शर्मा र सन्देश गिरी निर्विरोध भएका छन् ।