२० बैशाख २०८१, बिहीबार
Follow Us

`कुटुमा कुटु´लाई २० करोड भ्युज

नेपालब्रिटेन संवाददाता
१ माघ २०८०, सोमबार ०६:५१

युटुबमा सर्वाधिक हेरीने गीतमा फिल्म ‘दुई रुपैयाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ बनेको छ । गीतले युट्युबमा २० करोड भ्यूजको अर्को कीर्तिमानी बनाएको छ ।६ वर्षअघि हाइलाइट्स नेपालको युट्युब च्यानलमा रिलिज भएको गीतलाई शुक्रबार २० करोड भ्यूज मिलेको हो ।

प्रायः हरेकजसो सार्वजनिक कार्यक्रममा अनिवार्य घन्किने यो गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत छ भने गायनमा उनलाई राजन इसान र मेलिना राईले सघाएका छन् ।।‘दुई रुपैयाँ’ बक्स अफिसमा सफल हुनुमा ‘कुटुमा कुटु’ गीतको ठूलो योगदान मानिन्छ ।

र, यही गीतमा नृत्य गरेकै भरमा अभिनेत्री स्वस्तिमा खड्का दर्शकको ठूलो वर्गमा चिनिएकी थिइन् ।