२१ बैशाख २०८१, शुक्रबार
Follow Us

गाम्बियामाथि सेनेगलको ३-० को शानदार जित

नेपालब्रिटेन संवाददाता
२ माघ २०८०, मंगलवार ०५:३६

अफ्रिकन कप अन्तर्गत सेनेगलले विजयी शुरुवात गरेको छ । सोमबार राती सम्पन्न समुह सी अन्तर्गतको खेलमा सेनेगलले गाम्बियालाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो । सेनेगलको जितमा लामिने कामाराले २ गोल गरेका थिए भने पापे गुएयेले एक गोल गरेका थिए ।

यस खेलमा खेलको पहिलो हाफको अन्त्यमा गाम्बियाका एबोउ एडम्सले रातो कार्ड पाएपछि गाम्बिया १० खेलाडीमा सिमित भएको थियो । अब सेनेगलले अर्को खेल आगामी शुक्रबार क्यामरुनसँग खेल्ने छ भने गाम्बियाले शनिबार गुएनासँग खेल्ने छ ।