काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने सक्ने बताएका छन । आज बिहिबार एमाले मुख्यालय च्यासलमा पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने पनि बताएका छन ।
उनले भने, ‘यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न, ‘उस्तै पर्यो भने गठबन्धन भत्काएर ‘लोभीपापीहरु नभत्किन सक्छन् ।’
अध्यक्ष ओलीले अहिलेको गठबन्धन लोभीपापीहरुको मिलेमतो भएकाले यसलाई भत्काउन गाह्रो हुने भन्दै आन्दोलनबाट सरकार हटाउन प्रयास गर्ने आशय व्यक्त गरेका छन ।
‘जनताको बलमा आन्दोलनमा उत्रिन पर्ने, देश बर्बाद हुन बाट जोगाउनुपर्ने हुन सक्छ’ उनले भने पार्टीले सिठी बजाउँदा आन्दोलनमा पुग्ने गरी तयार हुन कार्यकर्ताहरुलाई निर्देशन दिए ।