१२ श्रावण २०८१, शनिबार
Follow Us

सदन खुल्ने बितिक्कै शान्ति प्रकियाको बाँकी काम टुंगो लगाउन लागिन्छः प्रधानमन्त्री

नेपालब्रिटेन संवाददाता
७ माघ २०८०, आईतवार ०६:०८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य निरूपण तथा मेलमिलाप सबन्धी कार्य तत्कालै अघि बढने बताएका छन । असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर युगान्डावाट स्वदेश फर्के लगत्तै प्रधानमन्त्री प्रचण्डले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक लगायत अघि बढने बताएका हुन ।

संसदको हिउँदे अधिवेसनवाट नै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउने प्रधानमन्त्री प्रचण्डले बताएका हुन । आइतबार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै टीआरसी विधेयक सदन खुल्ने बित्तिकै टुङ्ग्याइने जनाएका हुन ।

कम्पालाबाट आइतबार विहान राति कतार ओर्लिएका प्रधानमन्त्री दाहाल विहान ९ बजे कतार एयरवेजको विमानबाट काठमाडौँस्थित त्रिभुवन विमानस्थल आइपुगेका हुन् । प्रधानमन्त्री दाहाललाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरु र उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए ।