काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनपछि उनका इच्छाअनुसार आँखा दान गरिएको छ।
९७ वर्षको लामो जीवनयात्रापछि आज मोहनप्रसाद ओलीको निधन भएको थियो। उनका आफन्त र पार्टीका नेताहरूका अनुसार मोहनप्रसादको अन्तिम इच्छा अनुरूप आँखा दान गर्नुले जीवनप्रति सकारात्मक दृष्टिकोण र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
एमाले सचिव महेश बस्नेतका अनुसार, मोहनप्रसादको आँखा दानले दृष्टिहीन र आँखासम्बन्धी समस्यामा परेका व्यक्तिहरूको जीवनमा आशा र उज्यालो ल्याउने विश्वास गरिएको छ। निधनपछि मोहनप्रसादको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा सम्पन्न गरिएको छ।