१२ श्रावण २०८१, शनिबार
Follow Us

श्रीमानद्वारा रडले हानेर श्रीमतीको हत्या, छिमेकी घाइते

नेपालब्रिटेन संवाददाता
७ माघ २०८०, आईतवार ०६:१६

दाङ । दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मीको हत्या गरेका हुन् । मदिरा सेवन गरेका चौधरीले गएराति टाउकोमा रड प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले हत्यामा संलग्न चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । श्रीमतीको हत्यापछि उनको घरमा पुगेका छिमेकीलाई पनि चौधरीले आक्रमण गरेका थिए । त्यस क्रममा दुई छिमेकी घाइते भएको डिएसपी पोखरेलले बताए ।

बाबुले गरे हँसियाले हानेर छोराको हत्या
प्रहरीले सुर्खेतको पञ्चपुरी नगरपालिका–६ कुवापानीका ४६ वर्षीय एक व्यत्तिलाई छोरा हत्या गरेको आरोपमा पक्राउ गरेको छ । उनलाई प्रहरीले कैलाली टीकापुर–१ बाट पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी प्रमुखको टोली टीकापुर पुगेको थियो ।

मोबाइल लोकेसन ट्रयाक गर्दै जाँदा उनी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । अनुसार घटनाको दिन भागेका उनी लम्कीपुरमा साडुदाइको घरमा बसिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिएका छन । उनी भारत जाने तयारीमा रहेको प्रहरीले जानकारी दिएको छ । उनले प्रहरीसमक्ष आफूलाई टर्चर दिएकाले हँसियाले हानेर हत्या गरेको प्रारम्भिक बयान दिएका छन् ।