११ श्रावण २०८१, शुक्रबार
Follow Us

काठमाडौंको स्वयम्भूमा प्रेमीले गरे प्रेमिकाको हत्या

नेपालब्रिटेन संवाददाता
७ माघ २०८०, आईतवार १३:४१

काठमाडौं । काठमाण्डुको स्वयम्भूस्थित शोभा भगवतीमा प्रेमीले प्रेमिकाको हत्या गरेका छन । तर, सो हत्याको घटना ३ महिनापछि बाहिरिएको प्रहरीले जानकारी दिएको छ ।

डेरा लिएकाहरूले लामो समय कोठा बन्द गरेपछि घरधनीले कोठा खोल्दा घटना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । ३ माघमा शोभा भगवतीस्थित सरिता गिरीको घरको भुईँ तलामा ५१ वर्षीया सफिना मियाँको शव मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृतक सफिना तनहुँ जिल्ला भिमाद नगरपालिका ५ कि स्थानीय भएको उनका छोराले सनाखत गरिदिए । सफिनालाई भारतीय नागरिक ईकरामुल हक अन्सारीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । ४३ वर्षीय अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन् ।