लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतको आगामी आइतबार हुने निर्वाचनका लागि निर्वाचन समिति गठन गरिएको छ। निर्वाचन समितिको संयोजकमा चिरन्जीवी ढकाल मनोनयन भएका छन्।
नेपाली जनसम्पर्क समिति बेलायतका संयोजक शेरबहादुर सुनारले ढकाललाई निर्वाचन समितिको संयोजकमा मनोनयन गरेका हुन्।
नवनियुक्त निर्वाचन समितिलाई नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन तयारी समितिले निर्धारण गरेको कार्यक्षेत्र तथा विधानको सीमाभित्र रही प्रतिनिधि तथा कार्यसमितिको निर्वाचन निष्पक्ष, व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाउन सुनारले अनुरोध गरेका छन्।
निर्वाचन समितिका सदस्यहरूमा विपिन निरौला र सूर्य तामाङ रहेका छन्।